images
images

बैंकिङ कसुर मुद्धामा फरार सिन्धुली र सिन्धुपाल्चोकका दुई पुरुष पक्राउ

  • १६ मंसिर २०७९, शुक्रबार १५:४९

बैकिङ कसुर मुद्धामा फरार सिन्धुली र सिन्धुपाल्चोकका दुई पुरुष पक्राउ परेका छन् ।

विभिन्न समयमा बैकिङ कसुर मुद्धामा पक्राउ परेसँगै अदालतको फैसलापछि फरार सिन्धली र सिन्धुपाल्चोकका दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । सिन्धुपाल्चोकका एक पुरुष बैकिङ कसुर मुद्धामा फरार रहेको ३ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १ का ४२ वर्षिया सरोज कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । २०७७ साल माघ ६ गते उच्च अदालत पाटनले बैकिङ कसुर मुद्धामा ७ दिन कैद र ४ लाख जरिवानाको फैसला गरेसँगै फरार कार्कीलाई प्रहरीले हिजो पक्राउ गरेको हो । पक्राउ परेका उनलाई हिजै कारागार चलान गरिएको छ ।

यस्तैै, बैकिङ कसुर मुद्दाका फरार भएका सिन्धुलीका एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका वडा नम्बर ६ घर भएका ५३ वर्षीय नारायण सिंह बराल रहेका छन् । उच्च अदालत पाटनको भदौ ७ गतेको फैसलाले बैकिङ कसुर मुद्धामा ३० लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेसँगै फरार रहेका बराललाई पक्राउ गरेको हो ।