images
images

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख मृत फेला

  • १६ मंसिर २०७९, शुक्रबार १६:०८

काभ्रेपलाञ्चोक । खाद्य प्रविधि तथा गृण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन् ।

कार्यालयका प्रमुख घिमिरे कार्यालयको छतमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । आज दिउँसो १२ बजे कार्यालय भवनको चौथो तलामा झुन्डिएको अवस्थामा घिमिरेको शव फेला परेको प्रहरी निरीक्षक राजेश घिमिरेले जानकारी दिनुभयो । प्रहरी निरीक्षक घिमिरेका अनुसार मुचुल्का तयार भइरहेको र शवलाई पोस्मार्टमका लागि धुलिखेल अस्पताल लगिने तयारी भइरहेको छ । विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।