images
images

पछिल्लो परिणाम अनुसार कार्की र शिवाकोटीको मतान्तर १५४५

  • १६ मंसिर २०७९, शुक्रबार १८:२२

जिरी (दोलखा) । दोलखामा धमाधम मतगणना भइरहेको छ ।

जिल्लामा हिजोरातीदेखि मतगणना सुरु भएकोमा अहिले कालिञ्चोक गाउँपालिकामा गणना भइरहेको हो । हालसम्म एक मात्रै निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेदवार माओवादीका गंगा कार्कीले आफ्नो अग्रता कायमै राखेका छन् । केहिबेर अघिसम्मको मतपरिणाम अनुसार उनले ५ हजार ४ सय ३४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका बालकृष्ण शिवाकोटीले ३ हजार ८ सय ८९ मत पाएका छन् । अहिले उनीहरुबीचको मतान्तर १ हजार ५ सय ४५ रहेको छ । यस्तै, प्रदेशसभातर्फ पनि दुवै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । जसमा प्रदेशसभा १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले अग्रस्थानमा छन् । उनले हालसम्म ५ हजार ३ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर श्रेष्ठले ३ हजार ३ सय ६० मत पाएका छन् ।

यसैगरी, प्रदेशसभा २ तर्फ पनि गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । गठबन्धनका उम्मेदवार कांग्रेसका बर्मा लामाले ४ हजार ९ सय ३४ पाएका छन् भने एमालेका भरत केसीले ४ हजार ४ सय ४४ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ५ सय १२ रहेको छ । दोलखामा गएराती ९ बजेदेखि सुरु भएको जारी मतगणनामा गौरीशंकर गाउँपालिका र शैलुङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।