images
images

सात राजनितिक दललाई राष्ट्रिय पार्टीको मान्यता

  • १६ मंसिर २०७९, शुक्रबार १८:४१

काठमाडौं । निर्वाचन आयोगले हालसम्म सात वटा राजनितिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ ।

आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले हालसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त गरेका हुन् । ति राजनितिक दलहरुले राष्ट्रिय दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएका हुन् । यद्धपी प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादीको मुस्किल भने बढ्दै गएको छ । एकीकृत समाजवादीले २ लाख ९३ हजार मत प्राप्त गरेको छ । १ करोड ९ लाख मत खसेको करिब १ करोड ६ लाख सदर भएको समाजवादीले ३ लाख १० हजारदेखि २० हजार आसपास मत ल्याए मात्रै राष्ट्रिय पार्टी हुन सक्ने अवस्था अहिले देखिएको छ । जसअनुसार एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मतगणना भइसकेको छ ।