images
images

दोलखामा मतपरिणामः वाम गठबन्धनकोे अग्रता

  • १६ मंसिर २०७९, शुक्रबार २०:०२

दोलखा । दोलखामा मतगणना जारी छ ।

जारी मतगणनामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन् । हालसम्म प्रतिनधिसभातर्फ ११ हजार ८ सय २९ मतगणना हुँदा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गंगा कार्की विश्वको अग्रता कायमै छ । कार्कीले ५ हजार ६ सय ३४ मत प्राप्त गर्दा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ४ हजार ७ सय ८७ मत प्राप्त गरेका छन् । कार्की शिवाकोटी भन्दा ८ सय ४७ मतले अगाडी देखिएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदिश खरेलले ४ सय ९१ मत प्राप्त गरेका छन् । प्रतिनधिसभातर्फ ४ सय ४९ मत बदर भएको छ ।

यस्तै प्रदेशसभा १ र २ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले नेकपा एमालेका उम्मेदवारसँग मतान्तर बढाउँदै लगेका छन् । जनअनुुसार प्रदेशसभा १ मा ९ हजार ३ सय ४६ मतगणना हुँदा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेशका कुन्दनराज काफ्लेले सुरुवातदेखि अग्रता कायम राखेका छन् । काफ्ले र एमाले उम्मेदवार नरबहादुर कार्कीबिचको मतान्तर १ हजार ६ सय ४५ रहेको छ । हालसम्म प्राप्त विवरण अनुसार बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेशका काफ्लेले ५ हजार ५ मत मत प्राप्त गरेका छन् भने नेकपा एमाले उम्मेदवार श्रेष्ठले ३ हजार ३ सय ६० मत प्राप्त गरेका छन् भने २ सय ८० मत बदर भएको छ ।

यसैगरी, प्रदेशसभा २ मा ११ हजार ५ सय २३ मत गनिसक्दा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बर्मा लामा नेकपा एमालेका उम्मेदवार भरत केसी भन्दा १ सय ९०
मतान्तरले अगाडि रहेका छन् । लामाको ५ हजार ३ सय ६३ मत रहेको छ भने केसीले ५ हजार १ सय ७५ मत पाएका छन् । प्रदेशसभा क्षेत्र २ मा ३ सय ५४ बदर भएको छ ।