images
images

गृहगाउँ पुगेपछि मतान्तर घटाउँदै शिवाकोटी

  • १६ मंसिर २०७९, शुक्रबार २१:०९

जिरी (दोलखा) । दोलखामा प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर घटाउँदै लगेका छन् ।

उनको गृह पालिकाको मतगणना हुँदै गर्दा शिवाकोटीले मतान्तर घटाउँदै लगेका हुन् । यसअघि गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका गंगा कार्की धेरै मतले अगाडी रहेपनि पछिल्लो पटक कालिञ्चोक गाउँपालिकामा मतगणना हुँदै गर्दा एमालेका शिवाकोटीले मतान्तरको दुरी साँघुरो बनाउँदै लगेका छन् । आज राती करिब साँढे ८ सम्मको परिणाम अनुसार कार्कीले ६ हजार ९७ मत प्राप्त गर्दा शिवाकोटीले ५ हजार २ सय ४५ मत पाएका छन् । अब उनीहरुबीचको मतको दुरी ८ सय ५२ को मात्रै रहेको छ । आज साँझसम्म १५ सय ४५ को दुरी रहेकोमा शिवाकोटीले त्यसको आधानै घटाएका छन् ।