images
images

जलवायु मुद्धामा नेपाल अन्यायमा परेको छः प्रधानमन्त्री प्रचण्ड

  • १६ मंसिर २०८०, शनिबार १४:५३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु मुद्धामा नेपाल अन्यायमा परेको बताउनुभएको छ ।

संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२८ मा आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान भएपनि यसको विनाशकारी असर भोग्नुपरेको उहाँले बताउनुभयो । हिमालहरु मानव सभ्यता, पर्यावरण र जैविक विविधताको आधार भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन र बढ्दोे तापक्रमका कारण हिमालय बढी जोखिममा परेको बताउनुभयो । नेपाल पेरिस सम्झौताको पालना हुनुपर्छ भन्ने पक्षमा रहेको र सन् २०४५ सम्म जिरो कार्वन उत्सर्जन गर्नेमा प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

त्यसका लागि नेपालले ४५ प्रतिशत वन क्षेत्र कायम गर्ने र जलसम्पदाको उपयोग बढाउने प्रधानमन्त्रीको भनाई छ । जलवायु परिवर्तनका कारण अति कम विकसित मुलुकहरु समस्यामा परेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक र प्राविधिक सहायता आवश्यक रहेको बताउनुभयो । साथै उहाँले विकसित राष्ट्र र अन्तराष्ट्रिय समुदायले अल्पविकसित मुलुकका लागि अनुमानयोग्य र समतामुलक स्रोत र प्रविधिको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।