images
images

गौरीशंकरको चार वडामा मतगणनाः माओवादीको अग्रता कायमै, एमाले पछ्याउँदै

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ ।

गौरीशंकरको ४ वटा वडामा मतगणना सकिँदा माओवादी केन्द्रले अग्रता कायमै राखेको हो । जिल्ला निर्वाचन कार्यालय दोलखाले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी निमलेकी शेर्पाको १३८० मत रहेको छ । एमालेले माओवादी केन्द्रलाई पछ्याईरहेको छ । यस्तै, एमालेकी उमा मगरको १ हजार १३ मत रहेको छ भने नेपाली कांग्रेसकी पासदिकी शेर्पाले ७९६ मत पाएकी छन् ।

यस्तै, रास्वपाकी उमा श्रेष्ठको ६०, नेकपा एसकी रविना खड्काको ३१ मत, राप्रपाको मनुकुमारी श्रेष्ठको २९ र जसपाको सपना कार्की खड्काको ६ मत रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाका निमित्त प्रमुख विशाल केसीले जानकारी दिनुभयो ।

यस्तै, वडा नम्बर ३ मा ८७१ र वडा नम्बर ४ झ्याँकुुमा ९२७ गरी कुल १७८९ मत खसेकोमा २१ मत बदर भएको छ । वडा नम्बर ३ र ४ को मतगणना अनुसार माओवादीले ५७१, एमालेले ५६६, कांग्रेसले ५५६ मत पाएको छ । यस्तै, रास्वपाले ४२, नेकपा एस र राप्रपाले समान १७/१७ मत पाएका छन् भने जसपाले २ मत पाएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

वडा नम्बर १ र २ मा कुल १ हजार ५६६ मत खसेको थियो । कुल खसेको मतमध्ये १७ मत बदर भएको छ । गौरीशंकरमा ७ राजनीतिक दल र ९ स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् । गौरीशंकरका उपाध्यक्ष श्यामसुन्दर तमाङको २०८० साल असारमा निधन भएपछि रिक्त सो पदमा उपनिर्वाचन भएको हो ।