काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले आफ्नो जित जोगाएको छ ।
राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको कीर्तिपुर नगरपालिकाकामा कांग्रेसले आफ्नो विरासत कायम राखेको हो । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् । भर्खरै मात्रै कीर्तिपुरको मतगणना सकिएको छ ।
निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा भने गर्न बाँकी छ । यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि उक्त स्थानमा कांग्रेसले नै जितेको थियो ।