images
images

गौरीशंकरमा एमालेकी उम्मेदवार उमा विजयी

  • १७ मंसिर २०८१, सोमबार २१:४४
जिरी(दोलखा) । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी भएकी छिन् ।
उमाले माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पालाई पछि पार्दै विजयी हात पारेकी हुन् । उमाले २८ सय ५ मत पाउँदा निमलेकीले २६ सय मत पाएकी छिन् । यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी शेर्पाले १७ सय २७ मत पाएकी छिन् ।
गौरीशंकरमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा श्रेष्ठले १०० मत, राप्रपाकी मनकुमारी श्रेष्ठले ११८, नेकपा एकीकृत समाजबादीकी रबिना खड्काले ९० मत पाएका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित उपाध्यक्ष श्यामसुन्दर तामाङको मृत्यु भएपछि गौरीशंकरमा उपनिर्वाचन भएको थियो ।
हेर्नुहोस अन्तिम मत परिणाम ?