images
images

रक्सी चढाएर पञ्च भलादमीको सामु माफी मागेपछि राजेशपायलले दिए माफ !

  • १९ पुष २०७८, सोमबार ०३:४९

चर्चित गायक राजेश पायल राईमाथि भएको दुर्व्यवहारपछिको विवाद साम्य भएको छ । गायक राईमाथि आक्रमण गर्ने दावा पासाङ शेर्पाले माफि मागेसँगै उक्त विषय साम्य भएको हो ।

जनवारी दुई अर्थात आइतबार अमेरिकास्थित न्यूयोर्कमा पञ्च भलादमीसहितको उपस्थितमा शेर्पाले गायक राईलाई एक बोतल रक्सी राखेर क्षमा मागेका थिए । किरात समुदायको परम्परागत संस्कार अनुसार कसैले गल्ती गरे समाज (पञ्च)सामू एक वोतल रक्सी राखेर (माफि माग्नु) ढोगवेद गरे मेलमिलाप हुने अर्थात क्षमा दिने गरिन्छ । जसलाई किरात समुदायमा ‘शिर उठाउने’ भनिन्छ ।

गायक राईमाथि प्रस्तुति दिँदै गर्दा स्टेजमै आक्रमण गरिएपछि उक्त विषयले सामाजिक संजाल तथा सांगीतिक क्षेत्रमा तरङ्ग पैदा भएको थियो । उक्त विषयमा आयोजकले भने शेर्पा राजेशको फ्यान भएकोले उनले अंगालो मारेको स्पष्टिकरण दिएको थियो ।