images
images

आज हेरिटेज प्लाजामा बस्ने पहिलो केन्द्रिय कमिटी बैठकबाट पदाधिकारी छान्दै माओवादी

  • १९ पुष २०७८, सोमबार ०४:०७

नेकपा माओवादी केन्द्रको ननिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज (सोमबार) बस्ने भएको छ। बैठक दिउँसो ३ बजे ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

बैठकले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ। माओवादीको आइतबार सम्पन्न आठौं महाधिवेशनले २३७ जना केन्द्रीय सदस्य चयन गरेको छ।