images
images

कर्णालीबाट २९ केन्द्रिय सदस्य: प्रचण्डको लिष्टमा परेन मुगु !

  • १९ पुष २०७८, सोमबार ०४:२८

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । आठौँ महाधिवेशनबाट कर्णालीको सबैभन्दा कम डोल्पामा एकजना काली चलाउने केन्द्रीय सदस्यमा चयन हुँदा मुगु भने केन्द्रीय सदस्यविहीन बनाइएको छ ।

माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्ला मध्य नौँ जिल्लाबाट केन्द्रीय सदस्यमा कूल चयन गरेको हो । जसमा सबैभन्दा बढी जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्य पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक, सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्यमा चयन भएका छन् । मायाप्रसाद शर्मा, रामदीप आचार्य, कृष्णा शाह एकै परिवारका सदस्य हुन् ।

त्यस्तै, रुकुमपश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन, जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर, कालीकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत र टीका बुढाथोकी, हुम्लामा छक्कबहादुर लामा र विजय भण्डारी सर्वसम्मत चयन भएको केन्द्रीय सदस्य नरेश भण्डारीले बताए ।