आइतबार साँझ प्रज्ञा भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावित केन्द्रीय सदस्यहरुको नाम पढिरहेका थिए, जसमा २ जना उपसभामुखको नाम पनि देखिएको भन्दै आलोचना भएको छ । संसदीय परम्परामा सभामुख, उपसभामुख बनेपछि पार्टीको पदीय जिम्मेवारीबाट राजीनामा दिने र पछि संसदीय जिम्मेवारीबाट पदमुक्त भएपछि पुनः पार्टीको जिम्मेवारीमा फर्कने प्रचलन छ ।
प्रचण्डद्वारा केन्द्रीय सदस्यमा नाम घोषणा गरिएकी आर तामाङ राधिका तामाङ हुन् । उनी वागमती प्रदेशसभाकी उपसभामुख छिन् । केन्द्रीय कमिटीमा कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती विष्ट पनि छानिएकी छन् । अध्यक्ष प्रचण्डले उनको नाम पनि ‘पी घर्ती’ भनेर छोटकरीमा वाचन गरेका छन् ।