images
images

सवारी ज्यान मुद्धामा मन्त्रीका छोरा पक्राउ

  • १९ पुष २०७८, सोमबार ०७:०३

सवारी ज्यान मुद्दामा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा २३ वर्षीय बबी सोडारी पक्राउ परेका छन् । उनको गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएपछि आइतबार सोडारीलाई पक्राउ गरिएको हो ।

यही २ पुसमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीले टीकापुर–१ मा पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने ठक्कर दिएको थियो । घाइते न्यौपानेलाई उपचारको क्रममा नेपालगञ्जमा लगिए पनि ११ पुसमा मृत्युु भएको थियो । घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहने गरी सोडारीलाई छाडिएको थियो ।