images
images

मुलुकका अधिकाशं स्थानमा हुस्सु र कुहिरो, जनजिवन प्रभावित

  • १९ पुष २०७९, मंगलवार ०८:१६

काठमाडौं । मुलुकभर मौसम बद्ली भएर चिसो बढेसँगै जनजिवन प्रभावित बनेको छ ।

देशभर केही दिनदेखि मौसम बद्ली भएर ह्वात्तै चिसो बढेपछि जिल्लाको जनजिवन अस्तव्यस्त बन्न पुगेको हो । नेपालमा पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसम परिवर्तन भएर विभिन्न स्थानमा तापक्रम घट्दै गएपछि चिसो एक्कासी बढेको छ । चिसो हावा चल्नु, हुस्सु लाग्नुका साथै घाम नलागेका कारण जाडो भएपछि जनजिवन कष्टकर बनेको छ । चिसोले विशेषगरी बालबालिका तथा वृद्धावृद्धालाई समस्यामा परेका छन् । जिल्लाको उच्च हिमाली क्षेत्र कालिञ्चोक, शैलुङ, लगायतका क्षेत्रहरुमा जताजतै कुहिरोले ढाकेर अत्याधिक चिसो भएको छ । मौसम बद्ली भएसँगै दोलखामा चिसो अत्यवधिक बढेको छ । आइतबारदेखि जिल्लामा एक्कासि चिसो बढेपछि जनजिवन समेत प्रभावित भएको छ ।

हाल मुलुकभर आंशिकदेखि सामान्य बदुली भई बागमती, मधेश र प्रदेश १ का थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । यस्तो अवस्था केहीदिनसम्म जारी रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको बताएको छ । अत्याधिक चिसो बढेकाले मौसम पुर्वानुमान महाशाखाले उच्च सर्तकता अपनाउन पनि आग्रह गरेको छ ।