images
images

बागमती प्रदेशको पाँच पालिका पिछडिएको क्षेत्र घोषणा

  • १९ पुष २०७९, मंगलवार ०८:४९

जिरी (दोलखा) । बागमती प्रदेश सरकारले सिन्धुपाल्चोक र सिन्धुलीका एक/एक सहित प्रदेशभित्रका पाँच पालिकालाई पिछडिएको क्षेत्र घोषणा गरेको छ ।

प्रदेशका १ सय १९ स्थानीय तहमध्ये मानव सूचकाङ्कका दृष्टिले सबै भन्दा पछि परेका पाँच पालिकालाई पिछडिएको क्षेत्र घोषणा गरिएको हो । पिछडिएको क्षेत्र तोकिएको पालिकामा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका, सिन्धुलीको घ्याङलेक गाउँपालिका, धादिङको रुवीभ्याली गाउँपालिका, रसुवाको नौकुण्ड गाउँपालिका र मकवानपुरको कैलाश गाउँपालिका रहेका छन् । बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले प्रदेशभित्रका पाँच पालिकालाई पिछडिएको पालिका घोषणा गरेको हो ।

अध्यादेशमा प्रदेश सरकारले प्रत्येक तीन वर्षमा मानव सूचकाङ्कमा सबै भन्दा पछाडि परेका पाँचवटा पालिका तोकेर प्रदेश राजपत्रमा प्रकाशित भएका पालिकाका उम्मेदवार बीच छुट्टै प्रतिस्पर्धा गराउने व्यवस्था गरिएको छ ।