images
images

दोलखाको बैतेश्वरमा ट्रिपरले किचेर एक युवकको मृत्यु

  • १९ पुष २०७९, मंगलवार ११:५७

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका १ मा ट्रिपरले किचेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतेश्वर १ गैरीमुदीका स्थानीय ३५ बर्षिय बिक्रम तमाङ रहेका छन् । तामाकोशी खोलाबाट गिट्टी लिएर जाने क्रममा बा ३ ख ८८०७ नम्बरको ट्रिपरले ब्याक गर्ने क्रममा तमाङलाई किचेको हो । सोही वडाको जलेश्वर मन्दिरको गोरेटो बाटो निर्माण उपभोक्ता समितिका सचिब समेत रहेका तमाङलाई ट्रिपरले किच्दा घटनास्थलमै मृत्यु भएको बैतेश्वर १ का वडाअध्यक्ष भीम बहादुर तमाङले बताउनुभयो । ठक्कर दिने ट्रिपर र चालक स्थानीय ५० वर्षीय कालु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र ईलाका प्रहरी कार्यालय जिरीबाट ईन्सपेक्टरको कमाण्डमा खटिएको टोलीले अहिले शवको मुचुल्का तयार पार्ने काम गरिरहेको दोलखाका प्रहरी निरीक्षक धर्मेश कुमार यादबले जानकारी दिनुभयो ।