images
images

कैदीबन्दीको नगद र लत्ताकपडा सुबिधा बृद्धि

  • १९ पुष २०७९, मंगलवार १४:४२

काठमाडौँ । देशभरका कारागारमा रहेका कैदीबन्दीको नगद र लत्ताकपडा सुबिधा बृद्धि भएको छ ।

सरकारले कारागार नियमावली २०२० संशोधन गरेर कैदीबन्दीले पाउने नगद भत्ता र लत्ताकपडा सुबिधामा बृद्धि गरेको हो । कैदीबन्दीले दैनिक ६० रुपैयाँ भत्ता पाउँदै आएकोमा संशोधित नियमावली अनुसार ८० रुपैयाँ पाउनेछन् । त्यस्तै ७ महिनादेखि नाबालक उमेर समूहकालाई दैनिक ३५ रुपैयाँ दिईँदै आएकोमा त्यसलाई बढाएर ५० रुपैयाँ पु¥याईएको छ ।

कारागारमा रहेका महिला सुत्केरी भएमा एक पटकका लागि १ हजार रुपैयाँ सुत्केरी भत्ता दिईँदै आएकोमा त्यसलाई बढाएर २ हजार पु¥याईएको छ । सरकारले मौसमअनुकुल हुनेगरी कैदीबन्दीलाई चिसोको ज्याकेट उपलब्ध गराउने निर्णय गरेको छ । संशोधित नियमावलीअनुसार बृद्धि भएको कैदीबन्दीको सुबिधा सोमबारबाटै लागु भएको कारागार व्यवस्थापन बिभागले जनाएको छ ।