images
images

विभागको ‘सिस्टम’मा समस्या आएपछि तत्कालका लागि राहदानी वितरण स्थगित

  • १९ पुष २०७९, मंगलवार १६:४१

काठमाडौं । राहदानी वितरण तत्कालका लागि स्थगित भएको छ ।

राहदानी विभागले आज सूचना जारी गरी राहदानी वितरण कार्य तत्कालका लागि स्थगित गरेको जनाएको छ । यही पुस १७ गते आइतबारदेखि राहदानी विभागको ‘सिस्टम’मा समस्या आएपछि राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध भएको विभागले जनाएको छ । सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकहरूले आफ्नो मोबाइलमा एसएमएस/म्यासेज आएपछि मात्र विभागमा जान आग्रह गरेको छ ।

साथै, विभागले नियमित रूपमा राहदानी आवेदनका लागि एपोइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीहरू बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन पनि सूचित गरेको छ ।