काठमाडौँ । न्यायपरिषदले दोलखा लगायत मुलुकभरका ३९ जना न्यायधीशलाई उच्च अदालतमा नियुक्त गरेको छ ।
परिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । जसअनुसार परिषद्ले जिल्ला अदालत दोलखाका न्यायधीश डिल्लीरत्न श्रेष्ठ सहित मुलुकभरका ३९ जना न्यायधीशलाई उच्च अदालतमा नियुक्त गरेको हो । यस्तै, सिन्धुपाल्चोकका न्यायधीश बिदुर कोईराला, ओखलढुंगाका न्यायधीश टिकाराम आचार्य सहित २६ जना जिल्ला न्यायधीश उच्च अदालतको न्यायधीशमा नियुक्त भएका छन् । बैठकले कानुन व्यवसायीबाट ९ जना र कर्मचारीतर्फबाट ४ जनालाई उच्चको न्यायधीश बनाउने निर्णय गरेको न्याय परिषद्ले जनाएको छ ।










