
काठमाडौँ । बझाङमा भएको जिप दुर्घटनामा परि एकै परिवारका तीन सहित चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि जीप चालक केदारस्युँ गाउँपालिका–१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी, उनका छोरा ३६ वर्षीय बमबहादुर धामी र ६वर्षीया नातिनी आकृति धामीको मृत्यु भएको हो । बझाङको तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जान लागेको से १ ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति भएको दुर्घटनामा परि गम्भीर घाईते भएकी ६ वर्षीया बालिकाको भने उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख युवराज भण्डारीले जानकारी दिनुभयो ।