
दोलखा । वाग्मती प्रदेश सरकारले दोलखाको लामाबगरसहित प्रदेश प्रवेशबिन्दुमा चेकपोष्ट निर्माण गर्ने भएको छ ।
प्रदेश सरकारले आफ्नो सीमामा अत्याधुनिक चेकपोस्ट निर्माण सुरु गरेको हो । पहिलो चरणमा मधेश प्रदेशसँग सीमा जोडिएको मुख्य प्रवेशबिन्दुमा चेकपोस्ट निर्माण सुरु गरिने बागमती प्रदेश सरकारले जनाएको छ । बागमती प्रदेश सरकारले सुरुमा हेटौंडा–१५ स्थित रातोमाटे र सिन्धुलीको भिमानमा चेकपोष्ट निर्माण गर्ने भएको छ । प्रदेश सरकारले पहिलो चरणमा रातोमाटेसहित सिन्धुलीको भिमानमा चेकपोस्ट निर्माण गर्ने भएको हो ।
यस्तै, दोस्रो चरणमा चितवनको नारायणगढ मुग्लिनमा तथा तेस्रो चरणमा दोलखासहित चार स्थानमा चेकपोष्ट निर्माण गरिनेछ । तेस्रो चरणमा दोलखाको लामाबगर, सिन्धुपाल्चोकको कोदारी, सिन्धुलीको नागथान र रसुवाको रसुवागढीमा चेकपोष्ट निर्माण गरिने भएको हो । चेकपोष्टमा सवारी साधनको चेकिङका लागि अत्याधुनिक मेसिनसहित सीसीक्यामेरा र सुरक्षाकर्मी परिचालन गर्ने सरकारको योजना छ ।
जसअनुसार आज मुख्यमन्त्री बहादुरसिंह लामाले हेटौंडा–१५ रातोमाटेस्थित चेकपोष्ट निर्माणस्थलको अनुुगमन गर्नुभएको छ । उहाँले स्थानीय तहसँग समन्वय गरेर चेकपोस्ट निर्माणस्थलको अनुुगमन गर्नुभएको हो । आन्तरिक सुरक्षा अवस्था थप बलियो बनाउनका लागि प्रदेशको प्रवेशविन्दुमा चेकपोष्ट निर्माण गर्न लागिएको मुख्यमन्त्री लामाले बताउनुभयो । स्थानीय सरकारसँग समन्वय गरेर अत्याधुनिक चेकपोष्ट निर्माण गरिने प्रदेश सरकारको दावि छ ।
फाईल तस्वीर ।