बलिउड स्टारले आफुलाई महिलाको चरित्रमा ढालेको फिल्म रोचक देखिन्छ । बलिउड फिल्ममा धेरैले आफुलाई युवतीको भुमिकामा प्रस्तुत गरेको पनि हामिले देखेका छौँ । त्यसमध्ये युवतीको गेटअपमा देखिएका बलिउड स्टारहरु यसप्रकार छन् :
अक्षय कुमार : १९९२ को फिल्म ‘खिलाडी’मा अक्षय कुमार युवतीको गेटअपमा देखिएका थिए । फ्लिक्सवाला हेयरस्टाइलमा अक्षय निकै सुन्दर देखिएका थिए । फिल्ममा उनीसँगै दीपक तिजोरी पनि युवती बनेका थिए ।
शाहरुख खान : १९९८ को फिल्म ‘डुब्लीकेट’मा दुई अलग–अलग व्यक्तिको भूमिका मात्र निभाएनन्, उनले फिल्ममा युवतीको लुक्सलाई पनि प्रस्तुत गरे । एक दृश्यमा भिलेनको अगाडि शाहरुखले आइटम गर्ल बनेर ग्ल्यामर अन्दाजमा नृत्य गरेका थिए । कालो छोटो पहिरन र घुम्रिएको कपालमा शाहरुख निकै सुन्दर देखिएका थिए ।
अमिताभ बच्चन : फिल्म ‘लावारिस’मा ‘मेरे अंगने मे’ गीतमा अमिताभ बच्चन लेहंगा लगाएर युवती बनेका थिए । उनको मेकअप शैली पनि निकै तािरफ योग्य थियो । यो गीत अहिले पनि मान्छेले निकै मनपराउँछन् ।
कमल हासन : १९९७ को फिल्म ‘चाची ४२०’मा कमल हासनले बुढी महिलाको भूमिका निर्वाह गरेका थिए । आफ्नो श्रीमति र छोरीको नजिक रहनका लागि कमल एक महिला सहयोगीको गेटअप बनाएर उनको घरमा बसेका थिए ।
आयुष्मान खुराना : हिट फिल्म ‘ड्रीम गर्ल’मा आयुष्मान खुराना नाटकमा युवतीको चरित्र निभाउने पात्रमा देखिएका थिए । जसका लागि उनी पूर्ण रुपमा युवती भएका थिए । फिल्मको क्लाइमेक्समा पनि उनी लेहंगा लगाएर युवती बनेका थिए । फिल्ममा सजिलै पैसा कमाउनका लागि आयुष्मान पुजा बनेर मानिसहरुसँग फोनमा कुराकानी गर्दै बिल बढाउँथे ।
गोविन्दा : १९९८ मा रिलिज फिल्म ‘आन्टी नं। १’मा गोविन्दा आन्टीको भूमिकामा देखिएका थिए । फिल्मको गीत ‘आन्टी नम्बर १’ निकै लोकप्रिय भएको थियो ।
सलमान खान : सलमान खान, अभिनेत्री प्रिती जिन्टा स्टारर फिल्म ‘जान–ए–मन’ सन् २००६ मा रिलिज भएको थियो । यो फिल्मको एक दृश्यमा सलमान युवती बनेका थिए । गुलाबी सर्ट लगाएका सलमान निकै सुन्दर देखिएका थिए । तर शारीरिक बनावटका कारण उनले दर्शकलाई निकै हँसाएका थिए ।
राजकुमार राव : २०२० मा रिलिज फिल्म ‘लूडो’मा राजकुमा रावले लेहंगा लगाएर युवतीको अवतारमा देखिएका थिए । लामो कपाल, मेकअप र जुलरीमा राजकुमारलाई चिन्न नै गाह्रो परेको थियो ।
रितेश देशमुख : अभिनेता रितेश देशमुख पनि ‘अपना सपना मनी मनी’मा युवती बनेका थिए । अभिनेताको गेटअपले कैयौं युवतीलाई पछाडि पारेको थियो । कतिपयले उनको लुक्सलाई स्वेता तिवारीसँग तुलना गरेका थिए ।
आमिर खान : १९९८ को फिल्म ‘बाजी’मा आमिर खानले युवतीको रुप मात्र बनाएनन्, युवतीजस्तै नाँचे पनि । ‘डोले–डोले’ गीतमा उनलाई चिन्न निकै गाह्रो पथ्र्यो ।