images
images

कालिञ्चोक दर्शन लिमिटेडको शेयर बाँडफाँट

  • २० माघ २०७९, शुक्रबार १०:०७

दोलखा । दोलखाको कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि ६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको शेयर बाँडफाँट भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडको कार्यालय नारायणचौर, नक्सालमा शेयर बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । कम्पनीको आईपीओमा १४ लाख ७३ हजार ९ सय ६९ जना आवेदकहरुबाट १ करोड ६६ लाख ७० हजार ९ सय ९० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यसमध्ये ८ हजार २ सय ६ आवेदकहरुको आवेदन रद्ध भएकाले १४ लाख ६५ हजार ७ सय ६३ जना योग्य आवेदकहरुमध्ये ८९ हजार ६ सय ४० जना आवेदकलाई ८ करोड ९६ लाख ४ सय कित्ता सेयर बाँडफाँट गरिएको छ ।

यस्तै कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाा बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुटयाएको थियो । सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निश्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । २ प्रतिशतले हुन आउने २१ हजार ६ सय कित्ता कर्मचारीहरुका लागि छुटयाएर बाँकी रहेको ८ लाख ९६ हजार ४ सय कित्ता सर्वसाधारणका लागि निष्काशन गरेर बाँडफाँट गरेको हो ।