images
images

स्थानीय तहमा खर्च कटौती गर्न सरकारको परिपत्र

  • २० माघ २०७९, शुक्रबार १७:५८

काठमाडौं । सरकारले मुलुकभरका स्थानिय तहलाई खर्च कटौती गर्न परिपत्र गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालये मुलुकभरका स्थानिय तहलाई यस्तो परिपत्र गरेको हो । अर्थ मन्त्रालयले माघ १७ गते निर्णय गरेर सबै प्रदेश र स्थानिय तहमा आर्थिक वर्ष २०७९/८० को चालु तर्फको अनिवार्य बाहेक २० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा मन्त्रालयले सबै स्थानिय तह र जिल्ला समन्वय समितीलाई खर्च कटौती गर्न परिपच गरेको हो । २० प्रतिशत खर्च कटौती हुने खर्च शिर्षकहरुमा कर्मचारी तलब खर्च, जनसचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च अन्य भ्रमण खर्च लगायतका खर्च रहेका छन् । मुलुकमा आर्थिक संकटतर्फ अगाडी बढेको भन्दै सरकारले ल्याएको साझा न्युनतम कार्यक्रममा आधारित भएर अर्थमन्त्री विष्णु पौडेलले खर्च कटौतीको निर्णय गर्नुभएको थियो ।