images
images

सेवा अवधि बाँकी रहँदै विमानस्थलमा कार्यरत डीआईजी चन्दले किन दिए राजिनामा ?

  • २० माघ २०८०, शनिबार १५:४७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् ।

हिजो प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवादको छानविन भइरहँदा चन्दले राजिनामा दिएका छन् । डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट थिए । समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको छ । तर, चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको बताउँदै आएको विमानस्थलमा कार्यरत अधिकारीहरुले बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखमा कार्यरत डीआईजी चन्दले सेवा अवधि बाँकी रहँदै राजीनामा दिएका हुन् । नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले भने चन्दको राजीनामा बारे जानकारी नभएको बताउनुभयो । चन्दको सेवा अवधि २०८१ साल चैतसम्म थियो ।