
जिरी(दोलखा) । दोलखाको मेलुङ गाउँपालिकामा विद्युत सट भई आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ ।
मेलुङ गाउँपालिका –६ खत्रीटोलका मान बहादु खत्रीको घरमा विद्युत सट भई आगलागी हुँदा दुई भूकम्प प्रतिरोधी घर जलेर नष्ट भएको हो । आगलागीबाट दुई वटा घर जलेर नष्ट हुनुका साथै ६ लाख नगदसहित सुनचाँदी र गरगहना गरी करिब २० लाख बराबरको क्षति भएको मेलुङ–६ का वडाध्क्ष कुसुम लामाले जानकारी दिनुभयो ।
गयराती करिब ९ बजे लागेको आगो स्थानीयले निभाएका थिए । अहिले प्रहरी टोली घटनास्थलमा जाँदै गरेको दोलखाका प्रहरी निरिक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो ।