
रामेछाप। तामाकोशी नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवककोे मृत्यु भएको छ ।
रामेछापको मन्थली नगरपालिका–८ जखनीटारका २१ वर्षीय सुरेश माझीको तामाकोशी नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । मन्थली नगरपालिका ११ स्थित नदीमा उनी साथिहरु सहित गएराती लुकिछिपी करेन्ट लगाएर माछा मार्न गएका थिए । माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर माझीको घटनास्थलमै मृत्यु भएको रामेछापका प्रहरी निरिक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो ।
माझीसँगैै माछा मार्न गएका अन्य ५ जनालाई सोधपुछको लागी रामेछाप प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव हाल मन्थली अस्पतालमा पोष्टमार्टमका लागी राखिएको छ ।