images
images

आगलागीका घटना बढ्दै, सिन्धुपाल्चोकको राङबुसामा ३ दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन

  • २१ माघ २०८१, सोमबार १५:३६

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

अरनीको लोकमार्ग अन्र्तगत नेपाल र चीनको सिमानामा पर्ने कोदारी क्षेत्रको जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको हो । डढेलो नियन्त्रणमा लिनका लागि हिजो दिनभर हेलिकोप्टरबाट पानी खन्याईएको थियो । तर, अहिले पनि आगो नियन्त्रणमा आईनसकेको गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिनुभयो ।

यद्धपी हिजो दिनभर हेलिकोप्टरबाट पानी खन्याएर वस्ती वरिपरिको क्षेत्र भने जोगाईएकाले वस्तीमा भने खतरा नरहेको उहाँले बताउनुभयो । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङबुसा जंगलमा शुक्रबारबाट सुरु भएको आगोले करिव ३५ वर्ग किलोमिटर क्षेत्रमा जंगल नष्ट भएको बताईएको छ । डढेलो लिपिङ बजारमाथिको भीरबाट सुरु भएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

हिउँद सुख्खा हुँदा डढेलोको घटना बढ्न थालेको छ । यसअघि केही दिन अघि काभ्रेपलाञ्चोकमा पनि भीषण आगोलागि भएको थियो । काभ्रेपलाञ्चोकको बेथानचोक र खानीखोला गाउँपालिकाको जंगलमा लागेको भीषण डढेलो नियन्त्रणमा लिन कठिन भएको थियो ।

सो डढेलो हेलिकोप्टरबाट पानी खन्याएर नियन्त्रणमा लिने प्रयास गरिएपनि एक सातापछि बल्ल नियन्त्रणमा आएको थियो ।