
काठमाडौं । बागमती प्रदेशको १३ वटा जिल्लामा १६ लाख भन्दा बढी भेडाबाख्रालाई पीपीआर खोप लगाईने भएको छ ।
प्रदेशका १३ वटै जिल्लामा यही माघ २४ गते देखि सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको हो । यो वर्ष १६ लाख ५० हजार २ सय भेडाबाख्रामा यो खोप लगाईने लक्ष्य राखेको मन्त्रालयका प्रवक्ता सुजन कडेँलले जानकारी दिनुभयो । जसअनुसार दोलखाको लागि १ लाख ९२ हजार ३ सय २१ डोज पीपीआर विरुद्धको खोप उपलब्ध गराईएको प्रदेशस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
यसैगरी, मकवानपुरलाई ३ लाख २८ हजार, धादिङलाई ३ लाख ३४ हजार ८ सय ५७, चितवनलाई २ लाख १९ हजार ९ सय ५३ डोज पीपीआर खोप उपलब्ध गराईएको छ । यस्तै, काभे्रपलाञ्चोक र सिन्धुपाल्चोकलाई ५ लाख ५२ हजार ५१ हजार, नुवाकोट र रसुवालाई २ लाख १९ हजार ७ सय ५८, रामेछाप र सिन्धुलीलाई ४ लाख ६१ हजार ८ सय ९९ र ललितपुर, भक्तपुर, काठमाडौंलाई १ लाख ३१ हजार ३ सय ३५, खोप उपलब्ध भएको कृषि मन्त्रालयको तथ्यांक छ ।
पीपीआर खोप अभियान सञ्चालन यही माघ २४ गतेदेखि ३० गतेसम्म हुने प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । भेडाबाख्रामा लाग्ने हैजा रोग नियन्त्रण गर्ने उद्धेश्यले वर्षेणी पीपीआर खोप अभियान सञ्चालन हुँदै आएको छ । खोप अभियानका लागी संघीय सशर्त अनुदान मार्फत २३ लाख ६८ हजार १ सय ७३ डोज पीपीआर विरुद्धको खोप प्राप्त भएको छ ।