images
images

बागमती प्रदेश सरकारद्धारा टुक्रे योजनालाई बजेट विनियोजन

  • १९ फाल्गुन २०७८, बिहीबार १३:३८

हेटौंँडा । बागमती प्रदेश सरकारले दुई हजार भन्दा बढी टुक्रे योजनालाई बजेट बाँडफाँड गरेको छ ।

प्रदेश सरकारले दुई हजार तीन सय वटा टुक्रे योजनालाई बजेट बाँडफाँड गरेको हो । गठबन्धन सरकारले ५ लाख दरका दुई हजार भन्दा बढी टुक्रे योजना वितरण गरेको छ । प्रदेश सरकारले पुँजीगत खर्च बढाउन नसकेको भन्दै आलोचना भइरहेका बेला टुक्रे योजनामा बजेट विनियोजन गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा चालु आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्नेगरी २ हजार ३ सय वटा टुक्रे योजनाका लागि बजेट बाँडफाँड गरिएको हो । मन्त्रिपरिषदको फागुन ५ गते बसेको बैठकले यी योजना पारित गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार अर्थ तथा विविध शिर्षकबाट करिव १ अर्ब ५ करोड बराबरको योजना जिल्लागत रुपमा वितरण गरिएको छ । आर्थिक वर्षको बीचमा सोझै नयाँ योजना ल्याउन नमिल्ने भएपछि टुक्रे योजना ल्याइएको हो । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा गठित प्रदेश पुर्वाधार विशेष कार्यक्रम कार्यान्वयन कार्यविधि समितिले योजना छनोट गरेको थियो ।