जिरी(दोलखा) । बागमती प्रदेशका दुई जना मन्त्री दोलखा आएका छन् ।
आज बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान र वन तथा वातरणमन्त्री विशाल खड्का दोलखा आएका हुन् । मन्त्रीद्धय बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाको विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुनका लागि दोलखा आएका हुन् । अहिले जिरी ७ खावा र निगालेमा शेर्पा समुदायले ग्याल्पो ल्होसारको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका मन्त्रीद्धय केहीबेरमा सहिद स्मृति मावि जिरीमा हुने सहिद सप्ताह अन्तर्गत सहिद सम्मान कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
साथै, आजै नेकपा माओवादी जिरीको नगर पार्टी कार्यालयको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको नेकपा माओवादी केन्द्र प्रदेश कमिटीका सदस्य एवम् जिरी नगर इन्चार्ज तेज बहादुर गोलेले जानकारी दिनुभयो ।