जिरी (दोलखा) । बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेशको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरकार नयाँ कार्यक्रम र योजनाका साथ लागिपरेको बताउनुभएको छ ।
बागमती प्रदेशको १३ जिल्लामा रहेका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास र शैक्षिक गुणस्तर अभिवृद्धि मन्त्रालयको पहिलो प्राथमिकता भएको उहाँले बताउनुभयो । दोलखाको पर्यटकीय नगरी जिरीस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयमा आज आयोजित सहिद स्मृति सभालाई सम्बोधन गर्दै मन्त्री मोक्तानले यस्तो बताउनुभएको हो । सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि साइन्स ल्याव, आइसीटी ल्याव लगायतमा प्रदेश सरकारले अनुदान दिनुका साथै एक विद्यालय एक नर्स कार्यक्रमलाई समेत विस्तार गर्दै लगिएको उहाँको भनाई छ । मन्त्री मोक्तानले सहिद परिवारका बालबालिका अध्ययन गर्ने सहिद स्मृति आवासीय माविको विशिष्ट महत्व रहेको भन्दै पूर्वाधार विकास र व्यवस्थापनमा आवश्यक सुधारका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयोे ।
मन्त्री मोक्तान सहिद सप्ताहको अवसर पारेर सहिद स्मृति माविको अवलोकन तथा सहिद स्मृति सभामा सहभागी हुन जिरी आउनुभएको हो ।
सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि साइन्स ल्याव, आइसीटी ल्याव लगायतमा प्रदेश सरकारले अनुदान दिनुका साथै एक विद्यालय एक नर्स कार्यक्रमलाई समेत विस्तार गर्दै लगिएको उहाँको भनाई छ । मन्त्री मोक्तानले सहिद परिवारका बालबालिका अध्ययन गर्ने सहिद स्मृति आवासीय माविको विशिष्ट महत्व रहेको भन्दै पूर्वाधार विकास र व्यवस्थापनमा आवश्यक सुधारका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयोे ।
कार्यक्रममा बोल्दै प्रदेश सरकारका वन तथा वातावरणमन्त्री विशाल खड्काले सहिद स्मृति मावि र सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सबै क्षेत्रबाट सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । शान्ति प्रकृयापछि नेकपा माओवादी केन्द्रको नेतृत्वमा सहिद स्मृति आवासीय माविको स्थापना गरी पूर्वाधार विकास गरिएको स्मरण गर्दै मन्त्री खड्काले विद्यालयको थप सुधार र व्यवस्थापनका लागि पहल भइरहेको बताउनुभयो । सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कुलबहादुर बुढाथोकीले सहिद स्मृति माविको विकासका लागि छुट्टै कोषको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केन्द्रज्योति खड्काले विद्यालयको आर्थिक अवस्था कमजोर रहेको र सरकारबाट थप सहयोग हुनुपर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य भरत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सांसद हिमाली गोले र पूर्व सांसद इन्द्रबहादुर खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।