
दोलखा । उपप्रधान एवम् भौतिक पुर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्रलाई विभिन्न कोणबाट अपहरण गर्ने र उपलब्धीलाई कमजोर पार्ने प्रत्यन्न भइरहेको बताउनुभएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा आजबाट सुरु भएको दोलखा महोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । लामो संघर्षबाट प्राप्त लोकतन्त्रलाई विभिन्न कोणबाट अपहरण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले यसको रक्षा गर्नु सवैको दायित्व भएको बताउनुभयो । लोकतन्त्रलाई बचाउन प्रतिगमनका विरुद्ध पटक–पटक संघर्ष गर्नुपरेको उहाँको भनाई छ । मन्त्री श्रेष्ठले सिंगो राष्ट्रका लागि पुर्खाहरुले जोगाएर राखेको स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानलाई रक्षा गर्र्नु सरकारको दायित्व भएको बताउनुभयो । महान जनयुद्ध र जनआन्दोलनको संयोजनबाट २०६२÷६३ मा युगान्तकारी परिवर्तन गरेपछि संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख लोकतन्त्र स्थापित गर्न सफल भएको भन्दै उहाँले परिवर्तनपछि पनि लोकतन्त्रकै पक्षमा आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुखद भएको बताउनुभयो ।
अर्को प्रसंगमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको व्यापार घाटा घटाउनु अहिलेको चुनौतिको विषय भएको बताउनुभएको छ । पुँजीगत खर्च कार्यान्वयनको क्षमता नबढे र व्यापार घाटा घटाउन नसके स्वाधिन आत्मनिर्भर अर्थतन्त्र बनाउन तथा जनतालाई आफ्नो जीवन फेरिएको अनुभुति दिलाउन नसक्ने मन्त्री श्रेष्ठको भनाई छ । व्यापार घाटा घटाउन उत्पादनमा बृद्धि गर्नुपर्ने, आयातलाई नियन्त्रण र प्रतिस्थापन गरेर निर्यात प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसका लागि राष्ट्रिय औद्योगिककरणको प्रक्रिया अघि बढाउने विषयमा गम्भिर ढंगले छलफल भइरहेको मन्त्री श्रेष्ठको भनाई छ । राजनितिक परिवर्तनलाई माध्यम बनाएर परिवर्तनलाई सामाजिक, आर्थिक क्षेत्रमा रुपान्तरण गर्न जरुरी रहेको भन्दै उहाँले जनताका आधारभुत आवश्यकता पुरा गरी विकास र समृद्धिलाई तिव्र बनाउनुपर्ने बताउनुभयो ।
उपप्रधान एवम् भौतिक पुर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्रलाई विभिन्न कोणबाट अपहरण गर्ने र उपलब्धीलाई कमजोर पार्ने प्रत्यन्न भइरहेको बताउनुभएको छ ।दोलखा सदरमुकाम चरिकोटमा आजबाट सुरु भएको दोलखा महोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । लामो संघर्षबाट प्राप्त लोकतन्त्रलाई विभिन्न कोणबाट अपहरण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले यसको रक्षा गर्नु सवैको दायित्व भएको बताउनुभयो । लोकतन्त्रलाई बचाउन प्रतिगमनका विरुद्ध पटक–पटक संघर्ष गर्नुपरेको उहाँको भनाई छ ।
यस्तै उपप्रधान एवम् भौतिक पुर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले राजनितिक परिवर्तनपछि पनि शान्ति प्रक्रियाका काम पुरा गर्न नसकिएको बताउनुभएको छ । शान्ति प्रक्रिया अन्र्तगत सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्ता छानविन आयोग र संक्रमणकालीन न्यायको काम गर्न बाँकी रहेकाले ति काम गर्नतर्फ सरकार लागि परेको उहाँले उल्लेख गर्नुभयो । शान्ति पक्रियाका बाँकी काम पुरा गर्न अब धेरै समय नलाग्ने उहाँको भनाई छ ।
दोलखा सदरमुकाम चरिकोटमा आजदेखि सुरु भएको महोत्सव फागनु २७ गतेसम्म चल्नेछ । दोलखा चेम्वर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा भएको महोत्सवको उपप्रधान एवम् भौतिक पुर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले रोवर्ट मार्फत दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । महोत्सव उद्घाटन लगत्तै ड्रोन मार्फत पुष्पबृष्टि पनि गरिएको थियो । जिल्लामा पर्यटन प्रवद्र्धनका लागि ९ दिने दोलखा महोत्सव आयोजना गरिएको आयोजक चेम्वर अफ कमर्सले जनाएको छ । रोबटिक एसोसियन नेपालको सहयोगमा रोबर्ट प्रदर्शनी महोत्सवको मुख्य आकर्षण रहेको छ । महोत्सव उद्घाटन अघि विभिन्न जातजातिका झाँकि, पन्चेवाजा प्रस्तुत गरिएको थियो । महोत्सवको पहिलो दिन चरिकोट टुंडिखेलमा मानिसहरुको बाक्लो उपस्थिति रहेको छ ।