images
images

सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा सोलुखुम्वुका युवकको मृत्यु

काठमाडौँ । सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा सोलुखुम्वु घर भएका एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा परि मोटरासाईकल चालक सोलुखुम्वुको सोताङ गाउँपालिका–४ का २२ वर्षीय नरेश राईको मृत्यु भएको हो । चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्वरको मोटरसाईकल सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित रानीखोला सडकमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि गम्भीर घाईते भएका राईको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।