भक्तपुर । अमेरिकाले मध्यपूर्वमा आक्रमणको खतरा रहेको भन्दै तत्काल देश छोड्न आफ्ना नागरिकलाई आग्रह गरेको छ ।
इरानले पछिल्लो समय मध्यपूर्वका देशलाई निसाना बनाएपछि अमेरिकाले तत्काल ती देश छाड्न नागरिकलाई भनेको हो । अमेरिकी विदेश मन्त्रालयले देशहरूमा बहराइन, मिस्र, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सीरिया, संयुक्त अरब इमिरेट्स र यमनका देश छाड्न आग्रह गरेको छ ।
इरानले मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य बेसमाथि आक्रमण गरिरहेका बेला अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई देश छोड्न गरेको आग्रहलाई विशेष चासोका साथ हेरिएको छ । इजरायल र अमेरिकाले शनिवारदेखि इरानमाथि हमला सुरू गरेका थिए ।
आक्रमणमा इरानका सवर्नेच्च नेता अली खामेनीको मृत्यु भएको छ । त्यसपछि इरानले पनि इजरायल र अमेरिकाका सैन्य बेसक्याम्प रहेका खाडी मुलुकमाथि हमला जारी राखेको छ ।










