images
images

मतदाता परिचयपत्र विगार्नेलाई ६ महिना कैद, २५ हजार जरिवाना

  • १९ फाल्गुन २०८२, मंगलवार १४:५१

भक्तपुर । प्रतिनिधिसभा निर्वाचन आउन अब एक दिन मात्रै बाँकी छ ।

निर्वाचनको दिन मतदान गर्न पुगेका मतदाताको परिचयपत्र कब्जा गर्ने वा विगारेमा कारवाही भोग्नुपर्नेछ । निर्वाचन आचासंहिता अनुसार मतदातालाई मतदानबाट बञ्चित गर्ने उदेश्यले अर्काको मतदाता परिचयपत्र कब्जा गर्ने, च्यात्ने वा विगार्ने व्यक्तिलाई ६ महिना कैद वा २५ हजार जरिवाना वा दुवै सजाय हुनेछ ।

मतदानका लागि मतदाता नामावलीमा नाम हुनु आवश्यक छ । सकेसम्म मतदाता परिचय पत्र लिएर मतदान गर्न जानुपर्छ । मतदाता परिचयपत्र हराएको वा नष्ट भएको अवस्थामा अन्य सरकारी कागजपत्र देखाएर पनि मतदान गर्न पाइन्छ । त

र, कसैले अर्को व्यक्तिको मतदाता परिचयपत्र कब्जा गर्ने वा बिगार्ने कार्य गरेको रहेछ भने त्यस्तो कार्य दण्डनीय हुनेछ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा कूल मतदाता १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाताले मतदान गर्नेछन् ।