सर्लाही । सर्लाहीमा एक मतदान अधिकृतको मृत्यु भएको छ ।
पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालयमा निर्वाचनका लागि खटिएका रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतोको आज मृत्यु भएको हो ।
मतदान केन्द्रमै अचानक बेहोस भएपछि महतोलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पताल पु¥याएको करिब आधा घण्टापछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन ।










