images
images

कतारले एक महिनाका लागि भिसा स्वतः नवीकरण गर्ने

  • १९ फाल्गुन २०८२, मंगलवार १७:३३

काठमाडौं । कतारले एक महिनाका लागि भिसा स्वतः नवीकरण गर्ने भएको छ ।

कतारको आन्तरिक मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सबै श्रेणीका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने बताएको हो । म्याद सकिएका वा सकिन लागेका सबै प्रकारका प्रवेश भिसा २८ फेब्रुरुअरी देखि लागू हुने गरी एक महिनाका लागि थप हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसका लागि सम्बन्धित व्यक्तिले कुनै शुल्क तिर्नु नपर्ने र कार्यालय धाउन वा थप निवेदन दिनु नपर्ने स्पष्ट विज्ञप्तिमा उल्लेख गरिएको छ । तर, २८ फेब्रुअरीभन्दा अगाडि भिसा उल्लंघन गरेका व्यक्तिहरूले भने ओभरस्टे अवधिको तोकिएको जरिवाना पहिले बुझाउनुपर्नेछ ।

जरिवाना तिरेपछि मात्रै उनीहरूलाई पनि सोही मितिदेखि लागू हुने गरी नवीकरण र शुल्क छुटको सुविधा उपलब्ध हुने विज्ञप्तिमा भनिएको छ ।