images
images

गाउँपालिकाको प्रशासनिक भवन समेत नबनाई सकियो मेलुङका जनप्रतिनिधिको कार्यकाल

दोलखा । दोलखाको मेलुङ गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले पालिकाको प्रशासनिक भवन निर्माण नगरी पाँच वर्षे कार्यकाल गुजारेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले पालिकाको एउटा आफ्नै प्रशासनिक भवन समेत निर्माण नगरी पाँच वर्षे कार्यकाल भाडाको घर प्रयोग गरेरै बिताएका हुन् । नेकपा एमालेबाट पालिकाको अध्यक्षमा निर्वाचित नरबहादुर श्रेष्ठ, उपाध्यक्ष कल्पना भण्डारी लगायतका जनप्रतिनिधिले अहिलेसम्म पालिकाको आफ्नै पक्की संरचना बनाउन नसकेका हुन् । गाउँपालिकाको केन्द्र टुंगो लगाउन नसकेको मेलुङ गाउँपालिकाले मासिक ४० हजारका दरले वार्षिक ४ लाख ८० हजार भाडा तिरेर पालिका सञ्चालन गरीरहेको मेलुङ गाउँपालिकाका सुचना अधिकारी सन्तोष पौडेलले जानकारी दिनुभयो । यसलाई हेर्दा पाँच वर्षको अवधिमा भाडामा मात्रै मेलुङ गाउँपालिकाले २४ लाख बजेट खर्च गरेको देखिन्छ ।

स्थानीयको साना–साना ७ वटा घर भाडामा लिएर गाउँपालिकाले पाँच वर्षे कार्यकाल गुजारेको हो । यसले मेलुङ गाउँपालिकाका जनप्रतिनिधि आफ्नो पालिकालाई पुर्वाधारले सम्पन्न बनाउन समेत संवेदनशिल नभएको प्रमाणित हुन्छ । पुर्वाधारका हिसाबले गाउँको सिंहदरवार मानिएको स्थानीय तहको आफ्नै प्रशासकिय भवन नहुँदा मेलुङ गाउँपालिकाको हरिविजोग छ भने बर्सेनी लाखौं रकम भाडामै खर्च हुने गरेको छ । भाडाका घरमा चलेको मेलुङ गाउँपालिकाको कामकाज व्यवस्थित छैन । छरपस्ट सेवा दिइरहेकाले आम नागरिकले अनावश्यक सास्ती र असुविधा खेप्नुपरेको छ ।

दोलखाको मेलुङ गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले पालिकाको प्रशासनिक भवन निर्माण नगरी पाँच वर्षे कार्यकाल गुजारेका छन् । खासगरी नेकपा एमाले दोलखाको शिर्ष नेतृत्वमै रहेका नेताहरुको पालिकाले पाँच वर्षसम्म पालिकाको एउटा प्रशासनिक निर्माण गर्न नसक्नु निकै लज्जास्पद विषय बनेको छ । मेलुङ गाउँपालिकाकाको ७ वटा वडामध्ये अझै तीन वटा वडा कार्यालयको भवन पनि बन्न सकेको छैन ।

खासगरी नेकपा एमाले दोलखाको शिर्ष नेतृत्वमै रहेका नेताहरुको पालिकाले पाँच वर्षसम्म पालिकाको एउटा प्रशासनिक निर्माण गर्न नसक्नु निकै लज्जास्पद विषय बनेको छ । मेलुङ गाउँपालिकाका अध्यक्ष श्रेष्ठ हाल नेकपा एमाले दोलखाका अध्यक्ष हुन् । पाँच वर्षको अवधिमा दुई वटा नयाँ गाडी फेरेका उनले पालिकालाई भने व्यवस्थित नगरी आफ्नो कार्यकाल गुजारेका छन् । मेलुङ गाउँपालिकाकाको ७ वटा वडामध्ये अझै तीन वटा वडा कार्यालयको भवन पनि बन्न सकेको छैन ।

वडा नम्बर ३ घ्याङसुक्काठोकरको वडा कार्यालय भवन बन्ने सुरसार नै छैन भने वडा नम्बर १ पवटी र ५ को वडा कार्यालय भवन निर्माणाधीन अवस्थामा छन् । नेकपा एमाले दोलखाका सचिव हिरा थोक्कर आफैँ वडाध्यक्ष रहेको वडामा नै वडा कार्यालयको भवन बन्ने सुरसार नभएको हो । चालु वर्ष वडा कार्यालय भवन निर्माणका लागि २० लाख बजेट छुट्याइए पनि बन्ने नबन्ने निश्चित छैन । आफ्नै भवन बनाउन नसकेका वडा कार्यालयहरुले हाल भाडाको घरबाट सेवाप्रवाह गरिरहेका छन् । वडा नम्बर ३ ले मासिक ८ हजार, वडा नम्बर ५ ले वार्षिक ६५ हजार तिर्ने गरी वडा कार्यालय भवन भाडामा लिएर चलाइरहेका छन् ।

मेलुङमा नेकपा एमालेबाटै निर्वाचित वडाध्यक्षहरुले पाँच वर्षसम्म आफ्नै वडा कार्यालय भवन समेत निर्माण गर्न नसकेको पाइएको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिको लापरवार्हीका कारण प्रशासनिक भवन र वडा कार्यालयका भवन बन्न नसकेको स्थानीयले बताएका छन् ।