images
images

तामाकोशी गाउँपालिकामा कांग्रेसबाट निर्वाचित वडा सदस्य माओवादी केन्द्रमा प्रवेश

  • २० चैत्र २०७८, आईतवार १०:३०

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटका नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य सहित ४ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

२०७४ सालको स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटका वडासदस्य राजकुमार खड्का सहित ४ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । वडासदस्य खड्का सहित आयुष मिजार, रमेश काफ्ले, राजकुमार मिजार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका युवा नेता एवम् वागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्दै वडा सदस्य खड्काले माओवादी केन्दबाट मात्रै मुलुकको विकाश र समृद्धि सम्भव रहेका कारण कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् । माओवादी केन्द्र प्रवेश गर्ने चारै जना भिरकोटका स्थानिय हुन् ।

स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा माओवादी केन्द्रमा प्रवेश गर्ने लहर चलेको छ । जिल्लाको जिरी,बैतेश्वर र विगुमा पार्टी प्रवेश गर्ने क्रम चलिरहेका बेला तामाकोशीमा पनि सुरु भएको छ ।