images
images

सिन्धुपाल्चोकमा ग्याँस पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

  • २० चैत्र २०७८, आईतवार २०:५९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ग्याँस पड्केर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरास्थित लामा टोलमा स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आज बेलुकी करिब ७ बजे ग्याँस पड्किँदा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । मिनबहादुरका छोरा १० वर्षीय इशाक तामाङ, भाइ कुमार तामाङको ६ वर्षीय छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे २ वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको वडाध्यक्ष सुरज लामाले जानकारी दिनुभयो । आगोमा जलेर उनीहरूको घर भित्रै मृत्यु भएको वडाध्यक्ष लामाले बताउनुभयो ।

आगलागीमा परि मिनबहादुर पनि घाइते भएको र उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् ।