images
images

रामेछापको बेतालीका बृद्धको हत्या आरोपमा चार जना पक्राउ

  • २० चैत्र २०७९, सोमबार ०७:४४

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकास्थित बेतालीका एक बृद्धको खुकुरी प्रहार गरी हत्या गरेको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

गोकुलगंगा गाउँपालिका ४ का ८४ वर्षिय शंम्शेर बहादुर थापामगरको हत्या आरोपमा स्थानीय चार जना पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईवी) र रामेछाप प्रहरीले थापामगरको हत्या आरोपमा स्थानीय रामपियारी खड्का, मान बहादुर मगर, नेत्र बहादुर थापामगर र अनिता भनिने मनोमाया थापामगरलाई पक्राउ गरेको छ । प्रहरीले सुरुमा घटनामा संलग्न भएको आशंकामा रामपियारी र मानबहादुर नियन्त्रणमा लिएको थियो । उनीहरुले दिएको बयानका आधारमा नेत्रबहादुर र मनोमायालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोकुलगंगा गाउँपालिका ४ का शंम्शेर बहादुर थापामगरलाई यही चैत १३ गते साँझ साँढे ७ बजे अज्ञात समुहले खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको थियो । गम्भिर घाईते थापामगरलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । सो घटनामा अनुसन्धान गरीरहेको प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले घटनामा प्रयोग भएको खुकुरी समेत बरामद गरेको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको रामेछाप प्रहरीले जनाएको छ ।