images
images

मन्त्रिपरिषद बैठकको निर्णयः मिटरव्याजी पीडीतको समस्या समाधान गर्न छानविन समिति गठन

  • २० चैत्र २०७९, सोमबार १९:३०

काठमाडौं । सरकारले मिटरव्याजी पीडीतको समस्या समाधान गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले पुर्व न्यायधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानविन समिति गठन गरेको हो । सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सुचना प्रविधिमन्त्रि रेखा शर्माले मिटरव्याजी पीडीतको समस्या समाधान गर्न कार्कीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभयो । सो समितिको सदस्यहरुमा उत्तमराज सुवेदी र गणेशबावु अर्याल रहेका छन् । समितिलाई तीन महिनाको अपधि दिइएको र ठोस रुपमा मिटरव्याजीको समस्या समाधानका लागि तत्काल एक्सनमा जाने गरी प्रतिवेदन पेश गर्न भनिएको छ । मन्त्रिपरिषद बैठकले छानविन समितिको मुख्यालय जनकपुरमा राख्ने निर्णय गरेको छ ।

सरकारले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय समेत गरेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको सो रंगशला रकम अभावका कारण केही वर्षदेखि अलपत्र छ । कलाकारद्धय सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नकसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण कार्य रोकेका थिए । केही साता अघि फाउन्डेसनका संस्थापक अध्यक्ष कट्टेलले रंगशालाको स्वामित्व लिन सरकारलाई आह्वान गरेका थिए । आज बसेको मन्त्रिपरिषद बैठकले गरेको यो निर्णयसँगै अब चितवनको क्रिकेट रंगशलाला निर्माणको काम अघि बढ्नेछ ।