images
images

नेपाल प्रहरीमा रोजगारीको अवसर: प्राविधिकतर्फ ४०० भन्दा बढी पदमा खुल्यो भर्ना

  • २० चैत्र २०८२, शुक्रबार ०७:४०

भक्तपुर । नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा नयाँ भर्ना आह्वान गरेको छ ।

प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले आज एक सार्वजनिक सूचना जारी गर्दै रिक्त रहेका प्राविधिक पदहरुमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

जसमा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा भर्ना खुलेको हो । इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक, अटोमोबाइल क्षेत्रमा भर्ना खुलेको छ ।

यसैगरी, विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा भर्ना खुलेको छ ।

प्रहरी जवानमा २८० जनाका लागि र अन्य पदहरुमा १२९ जनाका लागि भर्ना खुलेको छ । दरखास्त बुझाउने म्याद प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म छ भने प्राविधिक प्रहरी जवान पदका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म दरखास्त बुझाउन सकिने छ ।