हेटौंडा । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले निर्माण व्यवसायी संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष सागर कटुवाललाई पक्राउ गरेको छ ।
सीआइबीले सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्का प्रणाली नै ह्याक गरेर ठूला ठेक्का कब्जा गर्दै आएको घटनामा उनलाई पक्राउ गरेको हो । उक्त कार्यमा कटुवालको पनि संलग्नता देखिएको भन्दै उनलाई चैत १७ गते राति पक्राउ गरिएको हो ।
निर्माण व्यवयासी महासंघको आसन्न महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न चाहेका कटुवाल चुनावी अभियानका क्रममा मकवानपुर पुगेका बेला पक्राउ परेका हुन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्रडटकमडटएनपी मार्फत अनलाइन बोलपत्रको व्यवस्थापन गर्दै आएकामा बोलपत्र प्रणाली ह्याक गरी अरूले पेस गरेको बोलपत्र हेर्ने र तोकिएको समयभन्दा केही मिनेट मात्र अगाडि सबैको भन्दा कम हुने गरी आफ्नो आर्थिक प्रस्ताव राखेर ठेक्का कब्जा गर्ने गिरोहका सदस्य खोज्ने क्रममा कटुवालको पनि संलग्नता देखिएको सीआइबीको भनाइ छ ।



हाम्रो अपडेट 






