भक्तपुर । सभामुखमा उम्मेदवारी नदिने बताएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुखमा दाबी गरेको छ।
सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डीपी अर्याललाई समर्थनको नीति लिएको कांग्रेसले उपसभामुखमा दाबी गरेको हो। कांग्रेस महामन्त्री प्रदीप पौडेलले सभामुख पदमा कांग्रेसबाट उम्मेदवारी नरहने र उपसभामुखमा दाबी रहने बताएका छन् ।
प्रक्रिया र अंकगणितले को विजयी हुन्छ भन्दा पनि सभामुखको तटस्थता कायम हुने विश्वासमा कांग्रेसले उम्मेदवारी नदिएको र प्रतिपक्ष दलले उपसभामुख दावी गर्नु स्वभाविक भएको पौडेलको भनाइ छ।
सभामुख निर्वाचित भएपछि उपसभामुख चयनको प्रक्रिया सुरु हुनेछ।



हाम्रो अपडेट 






