भक्तपुर । जेनजी आन्दोलनमा दमन गरेको कसुरमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको बयान पूरा भएको अनुसन्धान अधिकृतहरुले बताएका छन् ।
अनुसन्धान अधिकृतहरुले विहिबार राति अबेरसम्म ओलीको बयान लिएका थिए । उनलाई ३५ भन्दा बढी प्रश्न सोधेर बयान लिने काम पूरा भएको अनुसन्धान अधिकृतहरुले बताएका छन् ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पतालमा प्रहरीको घेरामा उपचाररत छन् । अनुसन्धान अधिकृत र अभियोजनकर्ता सरकारी वकिलले अस्पतालमै ओलीसँग बयान लिएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेले बताएका छन् ।
अधिकार नै नहुने जिकिर
बयानका क्रममा ओलीले आन्दोलनका बेला आफुले हतियारबाट गोली चलाउने आदेश नदिएको तर हुलदंगा नियन्त्रण गर्दा हताहती हुन नदिन प्रधानमन्त्रीको हिसाबले निर्देशन दिएको बताएका छन् ।
बयानमा ओलीले प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिने अधिकार नै नहुने जिकिर गरेका छन् । भदौ २३ मा बानेश्वरमा हताहती भएपछि साँझ मन्त्रिपरिषद्को बैठक बसेर निष्पक्ष छानबिन गर्न आयोग गठन गर्ने र घाइतेको उपचार साथै मृतकको परिवारलाई राहत दिने निर्णय गरेको ओलीले बयानमा खुलाएका छन् ।



हाम्रो अपडेट 






