images
images

एसईईको प्रश्नपत्र आउट गरी चिट चोराउने तीन जना पक्राउ

  • २० चैत्र २०८२, शुक्रबार १८:०३

भक्तपुर । प्रहरीले एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–७ का १८ वर्षीय चन्दन पटेल, रौतहटकै वृन्दावन नगरपालिका–७ का २० वर्षीय रोहितकुमार पटेल र सर्लाहीको बलरा नगरपालिका–८ का १८ वर्षीय धीरज साह छन् ।

उनीहरूले आजको परीक्षामा प्रश्नपत्र आउट गरी चिट चोराएको आरोप छ । पक्राउ परेकाहरुमाथि इलाका प्रहरी कार्यालय गरुडाबाट अनुसन्धान अघि बढाएको बताइएको छ ।